०८ पुष २०८१, सोमबार

__________गजल___________________

Khabarsabaiko बिहिबार, भाद्र १८, २०७७

रुवाउने प्रेम छणिक हो र याद स्थाइ हो
मलाइ डुबाइने तिम्रै मायाको गहिराइ हो

उ महिनाको दसहजार घर भाडा मागिरहेछ
के गर्नु नाताले हामी आफ्नै दाजुभाइ हो

स्वास्नी सम्पत्ति र यो दुनिया हैन हुँदैहैन
तपाइका लागि सबैभन्दा ठूलो तपाईं हो

हैन आमा बाबू साहु मामा कोहि पनि कै हैन
हामिलाइ गिराउने र उठाउने हाम्रै सोचाइ हो

भाउ नखाउ उस्ले हेर्यो भनेर तिमी धेर मख्ख नहौं
यो दुनियाले हेरेको तिमिलाइ हैन तिम्रो रुपलाइ हो

जति नै जाति र नारिबादी नारा लगाए पनि
आखिर दबिने दमाइ हो कि त आईमाई हो

माहामारीकै बेलामा सबैलाइ भगवान भन्नु पर्ने
चिन र अमेरिकाबिचको यो कस्तो लढाइ हो ?

मन्त्रालय कोरोनाको पुर्वानुमान मात्र गरिरहन्छ
बिज्ञान,हामिले खोजेको अनुमान हैन दबाइ हो

सरकार कारागारमा बरु फुलमालै लिएर आउ
छुट्कारा हुदैछ आज हत्याराहरुको बिधाइ हो

✍️बिद्रोही कवि सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्