Khabarsabaiko सोमबार, आश्विन ०५, २०७७
कयौ महिना भएको थियो
तात्तिएर पृथ्बी
माथीमाथी अनि बाफ्फिएर बाफ
र धुवाहरु एकसाथ उठिरहेको
पृथ्बीमा एक समयसम्म खडेरी नै चल्यो
अनि हरेक गाउँ सहरहरु
खण्डहर भैसकेको थियो
।
र किसानका हरेक बाझो जमिनहरु
बद्लिएर बगर भैसकेको थियो ।
मुख आहा बनाएर पर्खिरहेका थिए
पोखरिमा एकथोप्पो पानी नपाएर
मरिरहेका थिए केही माछाहरु ।
फुलहरुसङ्ग रुनलाइ आखामा आँसु थिएन
बिलकुल ओइलाइरहेको अनुहार लगाएर
टोलाइरहेका थिए केहि हुल फुलहरु ।
गाडिको इन्जिनबाट निस्किरहेको
हिलाम्ये धोलोधुवाहरुले
प्रदुषित बनाइरहेको थियो प्रकृति
र सङ्गै
कसैको कलिलो चेहेरा झै लाग्ने गरेर
प्रदुशित भैरहेको थिए
बोटबिरुवाका नाङ्गा पातहरु
र,जहाँ कुनै शसक्त नौजवानको
बदनको रक्तनलिहरुमा दौडिरहेका
असिम हर्मोनहरुको बहावको प्रभावले
हर छ्यण चेहेरा बिसाक्त बनाइरहेको झै गरेर
धुलोका हरेक कणहरुले
यो सिङ्गो बाताबरणभर
प्रदुषण फैल्याइरहेको थियो
तिर्खाएर
हरेक पल केवल पानीकै निमित्त
प्रेमपागल जत्तिकै भएको थियो
मृग ।
सान्त बगिरहेको सरिताको
तरङ्गगित बहावहरुलाइ हेरेर
पचास डिग्री सेन्टिग्रेडमा
परेड खेलेर मरुभुमीहरुमा भासिरहेथे
अक्रान्त बनेर !अनि बर्सौबर्स पुरानु
आफ्नु प्यासी ओठ देखाएर
र तिर्खाइरहेका थिए
बालुवाहरु ।
सबै सबै बिचलित थिए
जलेर खरानी भैरहेको
पृथ्बी उपर बाफ उढिरहेको थियो
र त्यही बाफहरुले
सातसमुन्दर पारि त्यो टाढाको
छितिजमाथी मढारिरहेको
बादलहरुहुँदै लगिरहेको थियो
आकासमा
सन्देस………… /
र त्यो एक्दैछिनमा गज्रीयो
मेघगर्जनहरुको पुर्ब सुचनासहित
र बर्सियो पृथ्बीभरी भारी वर्षाहरु भएर
जमिनमा ज्युदै मरिरहेका
माछाहरु झरिरहेका पानीको लामो झरना
र जलधाराहरुमा बगेर
बिस्तारै नदिमा गए ।
अनि शरीर फिजाएर नुवाइरहेकी
कुनै सुन्दर कन्या झै गरेर बसिरहेको थियो प्रकृति
सबतरफ सफा र हरियाली देखियो पृथ्बी ।
भोकले आहार माग्दै
ट्वारट्वार आबाज निकालिरहेको
त्यो बिगतको भ्यागुता पनि
डकारेर ठ्याउठ्याउ गरिरहेको थियो ।
अनि बाफ्फिएर बाफ उढिरहेको
बिगतको त्यो रातो जमिन पनि सतुस्ट भयो
र अघिको टन्टलापुर घाममा
तात्तिरएर धुवा निस्किरहेको
त्यो तातो बालुवा पनि अघायो
र मोटाएर हिस्टपुस्ट भयो।
बर्सौ पहिले बिछोडिएका रहरका लामा लस्करहरु झै लाग्ने
ती नाङ्गा नदिनालाहरु
सबै सबै भरिए सपनाहरु
अनि एकैछिनमा स्वप्निल सागरमा भेटिएर
तेतैतिर मनाए स्वगरात पनि ………
उत्पात उमङ्ग छाइरहेको थियो सबतरफ
बर्सातहरुसङ्गै नसा पिएर मातमा मस्त निदारहेको
कुनै मतुवाझै
या मानौ कि ,
बिर्को उघारिएको रक्सीको कुनै बोतल जस्तै
त्यो उदाङ्गो आकास मुन्तिर
सबैभन्दा मुनि उभिएर
छर्लङ्ग देखिने गरि तल तपतप चुहिरहेको जल पिएर
निदाइरहेको थियो
पृथ्बी ……………
अनि आसमानबाट परिरहेको मध्होस
पानीहरुसङ्गै चलिरहेको मन्दमन्द बतासहरुमा
र प्रकृतिको जवानीहरुसङ्गै
भिजिरहेको थिए उस्का हरेक अङ्गहरु
र मधुमास मनाएर उसङ्गै एकासाथ
आनन्द निदाइरहेको थ्यो आकास ।
एकैछिनमा,अनि अलग्गिएर अघिको आक्रान्त
विश्वब्रहमाण्ड
पग्लिएर शिथिल र सान्त भैसकेको थियो ।
जब,अन्दर अकस्मात,बर्सात बर्सियो ।
र त्यही बर्सातको सबैभन्दा मुनि उभिएर
बृयपात पश्चात्
सबैभन्दा ज्यादा रमाइरहेको थियो पृथ्बी ।
ब्युझिएर आँखा उघारी हेरिरहे आकासमा एकछिन
कसैलाइ पनि थाहै नदिएर एक एकनजर
तर,छयणभरमै बिगतको त्यो बर्सात रोकियो !
र अग्यात कोहि आफ्ना दुबै हातहरु हल्लाएर
हिडिरहेको थियो
धुवालो बादलहरुमाथि
छितिजको बिच भएर
अनि अलिपर सरेर परलोकमा
झरेर अन्तिम पटक
पृथ्बिराजकुमारको अनुहारतिर फर्किएर
र त्यो !
बिस्तारै बिलाएर गयो
त्यही बायुमण्डलहरुमै ।
बिहानै ब्युझिएर हेरिरहे एकदिन
जादु गरेर लागू भरेर
सायद ,त्यो रात मेरो निदरीमा
मेरि सपनाकी परि आएकी थिन।
सुजन बुढाथोकी
यहाँ कमेन्ट गर्नुहोस्