२८ पुष २०८१, आइतबार

कोभिड–१९ का लागि हुम्लाका सात स्थानीय तहले खर्च गरे करीब पाँच करोड

Khabarsabaiko बिहिबार, आश्विन २२, २०७७

हुम्ला–जिल्लाका ७ वटा स्थानीय तहले पाँच महिनामा करिब ५ करोड रकम कोरोना भाइरस अर्थात कोभिड–१९ रोकथाम न्यूनिकरण तथा सचेतनाका लागि खर्च गरेका छन् । स्थानिय तहले २०७६ चैत्र देखि श्रावण सम्म ४ कराेड ६७ लाख ६८ हजार ९ सय ३ रूपैया खर्च गरेका हुन् ।
प्रत्येक गाउँपालिकाले सालाखाल ५५ लाख रकम खर्च गरेका छन भने कर्नाली प्रेदश सरकारले प्रति गाउँपालिका १५ लाखका दरले बजेट उपलब्ध गराएको थियो ।

कोभिड–१९को रोकथाम तथा न्यूनीकरणका लागि अदानचुली गाउँपालिकाले ६० लाख, खार्पुनाथ गाउँपालिकाले ५४ लाख, चंखेली गाउँपालिकाले ४३ लाख, ताँजाकोट गाउँपालिकाले ५८ लाख, नाम्खा गाउँपालिकाले ३१ लाख,  सर्केगाड गाउँपालिकाले ४८ लाख र सिमकोट गाउँपालिकाले ८७ लाख गरी ३ करोड ८१ लाख गाउँपालिकाको आन्तरिक बजेटबाट खर्च गरेका छन । भने प्रत्येक गाउँपालिकाले दामासाहीका हिसाबले प्रदेश बाट पाएको १५ लाख गरी १ करोड ५ लाख गरी ४ करोड ८६ लाख खर्च गरेको जानकारी हुम्लाका सात गाउँपालिकाका लेख अधिकृतबाट प्राप्त भएको छ ।

खार्पुनाथ गाउँपालिकाले गत आ.व. २०७६-०७७ मा कोभिड–१९का लागि खर्च भएको ५४ लाखमध्ये ३३ लाख भुक्तानी गरेर बाँकी रहेको २१ लाख योे चालु आ।व।मा भुक्तानी दिने तयारीमा रहेको खार्पुनाथ गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले बताएका छन ।

यसै गरी नाम्खा गाउँपालिकाको कुल खर्च ४६ लाख भएको छ भने जसमा प्रदेशबाट प्राप्त १५ लाख र गाउँपालिको ३१ लाख भएको थियो । जसमा उक्त गाउँपालिकाले २५ लाख भुक्तानी गरे पनि ६ यो चालु आ.व.मा भुक्तानी गरिने लेखा अधिकृत अश्विनी देवकोटाले जानकारी दिएका छन ।
हुम्ला जिल्लाका सात स्थानीय तहले कोभिड–१९का लागि खर्च गरिएको करीब ५ करोड रकममा धेरैजसो बील मिलाएर रकमको दोहन गरेको आरोप पनि लाग्ने गरेको छ । तैपनि धेरै हुम्लीहरुलाई नेपालका विभिन्न स्थानहरुबाट जिल्लामा उद्धार गरेर ल्याउने काम सह्रानीय नै मानिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्