०८ पुष २०८१, सोमबार

शहर रत्तिएको छ: दशैं तिहार फर्किएको छ।।

Khabarsabaiko आइतबार, कार्तिक ०२, २०७७

शहर रित्तिएको छ गाउँ घर भरिएको छ
यार  फेरि पनि दशैं तिहार फर्किएको छ

मजदुर निर्वाहमुखी ज्याला माग्छ मलिकसँग
सर्वहारा भन्ने शासक एक बचनमै झर्किएको छ
यार दशैं तिहार फेरि पनि फर्किएको छ

भोको कुकुर भन्छ सडकको भट्टी नजिकै गएर
मेरो पेटले न हड्डी देखेको छ न पानी पिएको छ
शहर रित्तिएको छ र गाउँ घर भरिएको छ

हेर जिन्दगीभर त्यो गरिब गरिब नै रह्यो हेर
टीका लगाउने निधार पसिनाले पुरिएको छ
यार दशैं तिहार फेरि पनि फर्किएको छ

अन्धकारमा एक अन्धो जुङ्किरी समाउन खोज्छ
पाहिल्लै पिछे मोड्मोडमा जुङ्किरी तर्किएको छ

मैले सोधे कि किन आएनौ ए दशैं दरिद्रकोमा?
उस्ले भन्यो मेरो खुट्टा अमिरकोमै अल्झिएको छ

उस्ले धर्तीको धुलो लाएर,देशको मिट्टि खाएर दशैं मान्यो
त्यै भएर त हरकोही यहाँ छाती र पेेेट फुलाएर हिडेको छ

शहर रित्तिएको छ गाउँ घर भरिएको छ
यार  फेरि पनि  दशैं तिहार फर्किएको छ

सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्