०१ माघ २०८१, मंगलबार

नाम्खाबाट कोरोना परिक्षण बिना भागेका ८ जना खार्पुनाथ गाउँपालिकाकाे नियन्त्रणमा

Khabarsabaiko मंगलबार, मंसिर ०२, २०७७

हुम्ला- नाम्खा गाउँपालिकामा दिन प्रतिदिन कोरोना संक्रमित बढ्न थाले पछि गाउँपालिका केन्द्र याल्वाङबाट भागेका ८ जना खार्पुनाथ गाउँपालिकाले नियन्त्रणमा लिएकाे छ । विना परिक्षण नाम्खा छोडेर खार्पुनाथ पुगेका उनीहरूलाई गाँउपालिकाले नियन्त्रणमा लिएकाे हाेे ।
दुई गते परिक्षणका लागि उनिहरुको नाम तय भए पनि एक गते रातिनै आफ्नो गाउँपालिकामा भागेर पुगपछि
नियन्त्रणमा लिएकाे खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए । नियन्त्रणमा लिएका ८ जना खार्पुनाथ मन्दिरमा रहेको धर्मशाला भवनमा राखिएको अध्ययक्ष रावलले बताए । नाम्खा गाँँपालिकाबाट भागेेेर आउने एक शिक्षक,एक स्वास्थ्य कर्मि र ६ जना विद्यार्थी रहेकाे अध्यक्ष रावलकाे भनाई छ ।
उनिहरूको काेराेना परिक्षणका लागि जिल्ला स्वास्थ्यबाट स्वास्थ्यकर्मीलाई खटाईएकाे स्वास्थ्य सेेेेवा कार्यालयका सुचना अधिकारी भक्ति फडेराले जानकारी दिए । भागेर आएकाहरूकाे एन्टीजेन विधिबाट परिक्षण हुने सुचना अधिकारी फडेराले बताए ।
नाम्खामा कोरोना संक्रमित पहिलो दिन ४ दोस्रो दिन ८ चौथो दिन १५ र हिजो परिक्षणमा २६ जना गरेर जम्मा ५३ मा कोरोना संक्रमण देखा परेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्