०७ पुष २०८१, आइतबार

जिल्ला कोभिड-१९ विपद् व्यावस्थापन हुम्लाको निर्णय अवज्ञा गर्दै सर्केगाड वडा नं. ४ ले गर्यो ४ बिद्यालय खोल्ने निर्णय

Khabarsabaiko आइतबार, मंसिर १४, २०७७

हुम्ला- जिल्ला कोभिड-१९ विपद् व्यावस्थापन हुम्लाको निर्णय अवज्ञा गर्दै सर्केगाड वडा नं. ४ ले बिद्यालय खोल्ने निर्णय गरेको छ । १३ गते शनिबार बसेको वडा वडा नं. ४ बैठकले सो निर्णय गरेको हो । बैठकले सर्केगाड वडा नं. ४ का सबै प्रथामिक विद्यालय खोल्ने निर्णय गरेको छ ।

निर्णय पछि वडा भित्र चार वटा प्रथामिक विद्यालय लाई सञ्चालनका लागि पत्र पठाई सकेको १४ गते बाट सञ्चालन हुने वडाका प्रशासन सहायक धनलाल बि. क. ले खबरसबैको लाई जानकारी दिए ।

 

विद्यालयलाइ पठाइएको पत्र

विद्यालयलाइ पठाइएको पत्र

वडाध्यक्ष बलविर थापको अध्यक्षतामा बसेको वडा बैठकमा ४ वडा सदस्यको सभागीता रहेको थियो । चैत्र देखि बालबालिका पढाई बाट बञ्चिल भए पछि खोलेको अध्यक्ष बलविर थापाको भनाई छ।

कोभिड- १९ को सुरक्षाका लागि केही योजना तय नगरेरनै खोलेको प्रशासन सहायक धनलाल बि. क. ले भने। उहाँले बिद्यालय खोल्न पत्र पठाए पनि पुन एकपटक अाईतबार छलफल गर्ने कुरा थपे ।

उता बिना तयारी विद्यालय खोल्दा भोलि अप्ठ्यारो हुन सक्ने र कोभिडको जोखिम मध्यनजर गरेर सुरक्षा अपनाई खोल्दा राम्रोहुने एक शिक्षकले भने ।

हुम्लाको नाम्खामा कोरोना संकमित विद्यार्थी बढेपछि अर्को व्यावस्था नहुन्जेल सम्म विद्यालय बन्द गर्ने जिल्ला कोभिड-१९ विपद् व्यावस्थापन समितिले निर्णय गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्