Khabarsabaiko आइतबार, बैशाख २६, २०७८
आइतबार हुम्लामा एन्टिजेन्ट परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पुष्टी हुने जिल्ला हुलाक कार्यालयमा कार्यरत २८ वर्षिय एक पुरुष कर्मचारी रहेको जनाइएको छ । आइतबार २४ जनामा गरिएको परिक्षणमा एकमा संक्रमण देखिए संगै हुम्लामा संक्रमितको संख्या १२ पुगेको हो ।
आइतबार संक्रमण पुष्टि भएका पुरुषमा सामान्य रुघाखोकिको लक्षण देखिए पछि स्वास्थ्य सेवा कार्यालयको रानीवन स्थित आइसोलेशनमा राखिएको जनाइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्