Khabarsabaiko बिहिबार, जेठ २०, २०७८
अक्सिजन नपाउँदा हुम्लामा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
एकसातादेखि लक्षण सहितको संक्रमण पुष्टि भएका सर्केगार्ड–२ का ५५ वर्षका टोप्ले कामीको सर्केगाडमा कोरोनाका कारण ज्यान गएको हो ।
लक्षणसहितको संक्रमण पुष्टि भएका कामीको थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको छ ।
संक्रमित कामीको अक्सीजनको लेवल ४० भन्दा तल रहेको र स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था नभएका कारण जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको स्वास्थ्य कर्मि बखत बुढाले जानकारी दिए ।
हुम्लामा कोरोना संक्रमणबाट पहिलो पटक एकजनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले खबर सबैकोलाइ जानकारी दिएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्