Khabarsabaiko सोमबार, आषाढ १४, २०७८
कर्णाली करिडोर अन्तर्गत हुम्लाखण्डको वभिन्नि भागमा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सुक्खा पहिरो कारण हुम्लाखण्डको सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायातका साधन चल्न छोडेका छन् ।
सुक्खा पहिरो १६ ठाउँमा सडक अवरुद्ध बनाएको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मेजर मलिन कार्कीले बताए । राजकोटमा ठूलो ढुंगा र पहिरो गएको छ । साखाचौरको चार ठाउँमा पहिरो गएको छ भने छेपी गाउँअगाडि सात ठाउँमा पहिरो गएको करिडोर सडक निर्माण कार्यदलका प्रमुख कार्कीले बताए ।
अवरुद्ध सडक सेनाले सफा गरे पनि फेरि पहरिो आएर अवरुद्ध भइहाल्छ,’ उनले भने । बाजुराको बादुनजिकै १९ ठाउँ पहिरो सडक अवरुद्ध भएको नेपाली सेनाले जनाएको छ । वर्षाका कारण धेरै ठाउँमा पहिरो कर्णाली राजमार्गका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । वर्षाले कर्णाली करडिोर एकसाता देखि नै सडक अवरुद्ध छ ।
खुलालु–हुम्ला सडक पनि पहिरोले अवरुद्ध बनेको छ । कर्णाली करिडोर अन्तर्गत कालकिोटको नरहरिनाथ गाउँपालकिा– १ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालकिाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडकखण्डमा पहिरो गएको छ ।