१५ पुष २०८१, सोमबार

जोखिम बाट बच्यो काराङगा गाउँ

Khabarsabaiko सोमबार, आषाढ १४, २०७८

हुम्ला– खार्पुनाथ गाउँपालिका– २ काराङगा गाउँमा रहेको जोखिम पूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ ।

चट्टानले बस्तीनै जोखिम भएपछि हिल्सा सिमकोट सडक योजना र बहरादल गुल्म रानीको रहेको नेपाली सेनाको पहँलमा चट्टान फुटाइएको हो ।

लगातार वर्षाले बस्ती जोखिम बनाएको काराङगा ढुङगा खस्ने भएसँगै स्थानीय त्रसित हुर्दै आएका हुन् ।

हिल्सा सिमकोट सडक योजना र नेपाली सेनाको पहलमा चट्टान फुटाइएको हिल्सा सिमकोट सडक योजना हुम्लाका योजना प्रमुख विसुन दास लामाले जानकारी दिए ।

निरन्तर वर्षा चट्टन जोखिम भएपछि बराहदल गुल्म रानीवन हुम्लाका मेजर नरेश भक्त अधिकारी सहितको टोली काराङगा पुगेको सडक योजना प्रमुख लामाले बताए ।

जोखिम पूर्ण चट्टान फुटाइएपछि बस्ती सुरक्षित रहेको सडक योजना प्रमुख लामाको भनाई छ । नेपाली सेना र हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाबाट टोली खार्पुनाथ गाउँपालिका काराङगा गाउँ सुरक्षित भएपछि स्थानीय खुसी भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्