१५ पुष २०८१, सोमबार

लालि स्वास्थ्यचाैकीमा ओैषधी अभाव, गाउँ भरि सिजनल फ्लुका बिरामी

खबर सबैको आइतबार, कार्तिक २१, २०७८

हुम्ला- एकसातादेखि खार्पुनाथ गाउँपालिका- १ मा सिजनल फ्लुका बिरामी बढेका छन् ।
दैनिक १५देखि २० जना सिजनल फ्लुका बिरामी लालि स्वास्थ्यचाैकीमा बिरामी आउने गरेकाे पाइएकाे छ ।

लालि स्वास्थ्य चाैकीमा ओैषधी भने अभाव हुदाँ बिरामी रितै हात घर फर्किन बाध्य छन् । एकसातादेखि खार्पुनाथ गाउँपालिका- लालि स्वास्थ्यचाैकी ओैषधी अभाव देखिएकाे छ ।
स्वास्थ्यचाैकि ओैषधी छैन बिरामीहरूले ओैषधी नपाएर खालि घर फर्कन बाध्यभएकाे खार्पुनाथ-१ स्थानीय हिमबहादुर शाहीले बताए ।

गाउँपालिका स्वास्थ्य शाखाबाट दिएकाे ओैषधी सकिएपछि लालि स्वास्थ्यचाैकी सिजनल फ्लुका बिरामीलाई समस्या भएकाे खार्पुनाथ गाउँपालिका-१ का वडाध्यक्ष मगुसिह बुढाले जानकारी दिए ।

गाउँभरी अज्ञात सिजनल फ्लु ज्वराे, कपाल दुख्ने, बिरामी लगायतका बिरामी छन ओैषधी नपाए रिताे हात घर फर्किन बाध्य भएकाे वडाध्यक्ष बुढाले बताए ।

पाेका पारेर दिएकाे ओैषधी कति दिनसम्म पुग्छ वडाध्यक्ष बुढाले दुखेसाे गरे ।
म पनि वाथराेग बिरामी भएर सदरमुकाम सिमकाेटतर्फ आउदैछु वडाध्यक्ष बुढाले भने ।
गाउँ अधिकाश बालबालिका,वृद्ववृद्वाहरू बिरामीले थला परेकाे छन् वडाध्यक्ष बुढाकाे भनाई छ ।
खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा संयाेजक बलिराज शाहीसँग बुझ्न खाेज्दा फाेन सम्पर्क हुन सकेन । स्थानीय तह स्वास्थ्य संस्थामा ओैषधी अभाव हुदाँ सम्म चासाे नदेखाएकाे पाइएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्