०६ पुष २०८१, शनिबार

निर्धारण भयो, सरिसल्ला बाट सञ्चालन हुँदै आएका जीपको भाडादर

खबरसबैको सोमबार, कार्तिक २९, २०७८

हुम्लाको सर्केगाड र सरिसल्ला बाट सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायी संगको छलफलपछि भाडादर निर्धारण गरिएको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष जोशी धामीले खबरसबैको लाइ जानकारी दिएका छन् ।
उहाँका अनुसार कोल्टी सरिसल्ला सडकमा चल्ने जीपले यात्रुबाट चर्को र मनपरी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर  भाडादर निर्धारण गरिएको जनाएका छन् ।
यातायात व्यावसायी, चंखेलि, सर्केगाडका स्थानिय बासि र अन्य सरोकारवाल संगको बैठक बसि भाडमा  निर्धारण गरेको उपाध्यक्ष जोशीले जनाएका छन् ।
सर्केगाड गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले सर्केगाड-सरिसल्ला र सरिसल्ला बाट बाख्रे, नेरघाट, खच्चा, बालुकुना, मकै, गल्फागाड, पुइम,कवाडी, धुलाचैर, पिलुचैर र कोल्टी सम्मको भाडा निर्धारण गरेको हो ।

मंगलबार देखि लागुहुने गरेर सर्केगाड दुल्ली रू ५०, सर्केगाड- सरिसल्ला रू ३०० र सरिसल्ला बाट बाख्रे रू ५०, नेरघाट रू १००, खच्चा रू १५०, बालुकुना रू २००, मकै रू ३००, गल्फागाड रू ४००, पुइम रू ६००,कवाडी रू६५०, धुलाचैर रू १०००, पिलुचैर रू १२०० र कोल्टी रू १४०० सम्मको भाडा निर्धारण भएको छ ।
यो संगै सरिसल्लामा शाखा कार्यालयहरने गरि स्वामिकार्तिक बुढीगंगा यातायात समितिले समेतले गाउँपालिका बाट अनुमति लिएको यातायात समितिका अध्यक्ष बलि रावतले जनाएका छन् । अव यात्रुलाइ सहज र भाडा दरमा एकरूपता हुने रावतको भनाइ छ ।
भाडा कार्यन्वयन र सुरक्षित यात्राका लागि इलाका प्रशासन, प्रहरी चैकी र गाउँपालिकाले अनुगमन गर्ने र तोकिएभन्दा बढी भाडा लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उपाध्यक्ष धामीले जानकारी दिनुभयो ।

 

निर्णयहरू

यहाँ कमेन्ट गर्नुहोस्