खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, फाल्गुण १७, २०७८
हुम्ला कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा कार्चेनले जिल्लामा क्रियाशिल राजनीतिक दलहरुसँग विकास निर्माणका विषयमा छलफल गरेका छन्।
जिल्ला प्रशासन कार्यालय हुम्लाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री लामाले जिल्लाको समग्र विकास निर्माणका विषयमा छलफल गरेका हुन् ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको विषयमा संघ सरकार प्रदेश सरकार त्यसतर्फ सकरात्मक रहेको मन्त्री लामाले बताए । मानसरोवर कैलाशको प्रवेशद्वार हुम्ला जिल्ला भएकोले जिल्लाका सम्पुर्ण राजनीतिदल एक भएर अधि बढ्नु बताए ।
राजनीतिक दलहरुसँग छलफल गर्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लामाले जिल्लाको विकास निर्माणमा जिल्लाका राजनीतिक दल हातमा हातेमालो गर्दै अधि बढ्नुपर्ने धारण व्यक्त गरे । जिल्ला स्थित नेकपा माओवादी केन्द्र,नेपाली काँग्रेस,एमाले ,एकिृकृत समाजवादी पार्टी राप्राप लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।भने यसको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सीता परियारले गरेकी थिइन् ।