खबरसबैकाे बुधबार, फाल्गुण १८, २०७८
हुम्ला-नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज विजय भणडारीकाे बुबा निधन भएपछि तीन जना मन्त्री श्रद्धाञ्जली दिन खार्पु पुगेका हुन ।
कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही,पूर्व कृषि मन्त्री बिमला केसी, हालका उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा कार्चेन,र पूर्व याेजना आयाेग सदस्य दीपेन्द्र राेकाया श्रद्धाञ्जली दिन खार्पु पुगेका हुन ।
माओवादी केन्द्र हुम्लाका ईन्चार्जका बुबा ठाेक्रे भणडारीकाे ८३ वर्षकाे उमेरमा निधन भएपछि उच्चस्तरीय व्यत्ति खार्पुनाथ पुगेकाे माओवादी केन्द्र हुम्लाका कार्यालय सचिव नेत्र महताराले जानकारी दिए ।
कार्यालय सचिव महताराले भने कर्णाली प्रदेशका तीन जना मन्त्रीले पाटीकाे झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएकाे बताए । श्रद्धाञ्जली कार्यालयमा कर्णाली पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही,पूर्व कृषि मन्त्री एवम माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला केसी, कर्णाली प्रदेशका उद्याेग पर्यटन,वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा कार्चेन कर्णाली प्रदेशका पूर्व याेजना आयाेगका सदस्य डाक्टर दिपेन्द्र राेकाया,जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत,माओवादी केन्द्रका जिल्ला अधयक्ष लालकेश जैसी,सिमकाेट गाउँपालिका उपाधयक्ष बलि रावत , युवा नेता लाेकेन्द बहादुर शाही लगायतका नेता श्रद्धाञ्जली कार्यक्रम उपस्थित रहेका थिए ।