१२ पुष २०८१, शुक्रबार

कर्णाली प्रदेशका उद्योग पर्यटन मन्त्री लुम्वीनी प्रदेश पुगे

खबरसबैको समाचारदाता, नेपालगंज बिहिबार, चैत्र २४, २०७८

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डुल लामा कार्चेन लुम्वीनी प्रदेशको नेपालगंज पुगेका छन् ।

देशका विभिन्न शहरहरुबाट हुम्ला जान नेपालगञ्ज पुगेका हुम्ली नागरिक अलपत्र परेपछि यात्रुहरुलाई उद्धार गर्न नेपालगञ्ज पुगेका हुन् । नेपालगञ्ज पुगेका मन्त्री लामाले सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमको हुम्ला नियमित उडानका लागि क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख किरानमान श्रेष्ठसँग छलफल गरेका छन् ।
यस अघि नेपाल वायु सेवा निगमले हप्तामा चार फलाइट उडान गर्ने गरेपनि हाल हप्ता दुई फलाइट बनाएपछि सुरुकै सेडुल अनुसार उडान गर्न मन्त्री लामाले  अनुरोध गरेका छन् । नेपालगञ्जमै सयौ संख्यामा हुम्ली नागरिक अलपत्र परेपछि उडानका लागि पहल गर्न मन्त्री लामा कर्णाली प्रदेशबाट  नेपालगञ्ज पुगेको उनका स्वकीय सचिव राजेश क्षेत्रीले जानकारी दिए ।

विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लामाको आलोचना हुर्दैँ आएपछि नेपालगञ्जमा उद्धारमा लामा जुटेका हुन् । नेपाल वायु सेवा निगमका क्षेत्रीय कार्यालयका प्रमुख किरानमान श्रेष्ठका अनुसार काठमाडौ तालिका कटौती गरी पठाएपछि समस्या भएको बताए ।
निजी क्षेत्रका जहाजहरु पुर्वतर्फ केन्द्रित भएपछि नेपाल वायु सेवालाई चाप बढी परेको उनले बताए । चार्टरको नाम हुम्ली नागरिकले साढे १६ हजारदेखि साढे २१ ह्जारसम्म नेपाल वायु सेवा निगमले भाडा असुल्दैँ आएपछि राष्ट्रिय सडक सञ्जाल संग नजोडिएका हुम्ली नागरिकले सास्ती भोग्न बाध्य छन् ।

मन्त्री लामाले निजि विमान कम्पनि लाइ पनि नियमित हुम्ला उडानका लागि पहल गर्ने जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्