०७ बैशाख २०८२, आइतबार

९० वर्षीया पार्वती रोकाया नातिको पिठ्यूँ लागेर मतदानस्थल  पुगिन्

खबर सबैको समाचारदाता, काठमाडाैं शुक्रबार, बैशाख ३०, २०७९

मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकाया नातिको पिठ्यूँ लागेर मतदानस्थल  पुगेकी  छन् ।

छायाँनाथ रारा नगरपालिका-५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए । हिडेर पुग्ने अवस्था भए पछि बोकेर भोट हाल्न लागिएको नातिले जानकरी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्