खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, जेठ १७, २०७९
हुम्ला- पिठो पिस्न घट्ट जाने क्रममा भालुकाे आक्रमणमा परि हुम्लाकाे नाम्खा गाउँपालिका मा एक जना सश्त घाईते भएका छन् । नाम्खा गाउँपालिका- ४ का अन्दाजी ४८ वर्षिय कुन्जेन लामा घाईते भएका हुन् । घट्ट पिस्न गएकाे बेला तामाङ काे बायाँ कान पुरै लगेकाे तामाङ काे आफान्त कार्मा तामाङले जानकारी दिए । याल्वाङमा घट्ट पिस्न गएकोले भालुले आक्रमण गरि घाईते बनाएकाे उनले बताए । घाईते तामाङ लाई नाम्खा गाउपालिका याल्वाङ स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल हुम्लामा रेफर गरिएकाे छ ।
यहाँ कमेन्ट गर्नुहोस्