खबरसबैको समाचारदाता, हुम्ला बुधबार, जेठ १८, २०७९
हुम्ला- जहाजकाे टिकट नपाएपछि भालुकाे आक्रमणमा परि घाइते कुन्जेन तामाङलाई जिल्लाबाट बाहिर लिन समस्या भएकाे छ ।
उत्तरी नाम्खा गाउँपालिका-४ याल्वाङमा घट्टकाे पुदालाे ल्याउन जंगल गएका अन्दाजीद ४८ वर्षिय कुन्जेन तामाङलाई भालुले आक्रमणमा घाईते भएका उनलाई जहाज टिकट नपाएपछि जिल्ला बाहिर लिन समस्या भएकाे हाे ।
राष्ट्रिय सडक सञ्जालसँग नजाेडिएकाे हुम्ला जिल्लाकाे सदरमुकाम सिमकाेटबाट बाहिर जाने जहाज टिकट नपाएपछि बिरामीलाई उपचार गर्न समस्या भएकाे बिरामीका भाइ ताेप छिरिङ तामाङले गुनासाे गरे ।
जिल्ला अस्पतालबाट डाक्टरले उपचारमा बाहिर लिन भनेकाे छ जहाज टिकट नपाउदा दाईकाे उपचार गर्न समस्या भयाे तामाङले भने ।
जिल्ला विपद् व्यवस्थापन समितिकाे अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ ।
विपद् व्यवस्थापन समितिका अध्यक्षले प्रमुख जिल्ला अधिकारीले जिल्लाबाट बाहिर लिने जहाज टिकट मिलाउन नसकेकाे स्थानीयकाे गुनासाे गर्दै आएका छन ।
निजि एयरलाइन्स कम्पनीले पहुँच र पावरवालालाई टिकट वितरण गर्न गरेपछि जिल्लाबाट शहर झर्न यात्रु,बिरामी , विद्यार्थी लगायतलाई समस्या हुने गरेकाे छ ।
नाम्खा गाउँपालिका- ४ का कुन्जेन तामाङलाई भालु आक्रमण गरेकाे थियाे । तर उपचार जिल्ला बाहिर रेफर गरेपनि टिकट नपाए पछि जिल्लाबाहिर उपचार लिन समस्या भएकाे छ ।