खबरसबैको समाचारदाता, सुर्खेत आइतबार, जेठ २२, २०७९
कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजानामा सुर्खेतमा वृक्षारोपण गरिएको छ। वीरेन्द्रनगर क्षेत्र भित्र झण्डै १०० विरुवा वृक्षारोपण गरेर दिवस मनाईएको हो ।
वृक्षारोपण पछि बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा कार्चेनले प्रदेश सरकारले वातावरण मैत्री कार्यक्रम ल्याउने भएको बतानु भएको छ । आईतबार विश्व वातावरण दिवसको अवसरमा राम जानकी सामुदायीक वनको सहकार्य, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण कार्यक्रम सञ्चालन भएको हो ।
वातावरण संरक्षणको लागी पहिलो प्राथमिकता वन जंगल संरक्षण र वृक्षारोणमा ध्यान दिनु पर्ने मन्त्री लामाले बताउनु भएको छ । कर्णाली प्रदेशमा अन्य प्रदेशका तुलनामा भन्दा वातावरण संरक्षणको दृष्टिकोणले सहज रहेको उहाँले बताउनु भयो । बजारी करण नभएको स्थानमा वातावरण स्वच्छ नै हुने भएकाले कर्णाली प्रदेशको थोरै क्षेत्रमा मात्र बजारीकरण भएको वातावरण संरक्षणमा सहज हुने उहाँले बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । वृक्षारोपण कार्यक्रमा मुख्यमन्त्री जीवन बहादुर शाही लगाएत मन्त्रीहरु वीरेन्दनगर प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।