०७ पुष २०८१, आइतबार

कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम

खबरसबैको समाचारदाता, सुर्खेत शुक्रबार, जेठ २७, २०७९

कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार देखि वीरेन्द्रनगरमा सुरू भएको छ । तीनदिनसम्म चल्ने अभिमुखीकरणमा ७९ पालिकाका एक सय ५८ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश शुसासन केन्द्रको समन्वयमा अभिमुखीकरण सुरु भएको हो । शुक्रवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुख, गाउँपालीका अध्यक्ष र उपाध्यक्षहरूले स्थानीय तहका समस्या र सम्भावनाका बिषयमा प्रदेश सरकार र संघ सरकारसँग सहयोग र सहकार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रदेश सरकार र स्थानीय तहविच हुने समन्वय सहकार्यका क्षेत्रहरू, स्थानीय तह सरोकारका विषय, कानुनी प्राव्धान लगायतका बिषयमा प्रदेश सचिव आन्नद सारूले प्रकाश पारेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्