११ पुष २०८१, बिहिबार

चंखेलीका आगलागी पिडितलाई पठायो प्रदेश सरकारले राहत

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, जेठ २८, २०७९

हुम्ला-चंखेली गाउँपालिकाकाे पिप्लाङमा भएकाे आगलागी पिडितलाइ गाउँपालिकाकाे पहलमा कर्णाली सरकारले राहत दिएकाे छ ।
विद्युतकाे तार सर्ट भएर आगलागी भएका राती २ बजेतिर चंखेली गाउँपालिका ४ कर्णबहादुर शाही,जयबहादुर शाहीकाे घर जलेर नष्ट भएकाे थियाे ।
गाउँपालिकाकाे पहल पछि आगलागी पिडितलाई राहत दिएकाे हाे ।
कर्णाली प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखाै रकम बराबरको राहत सामाग्री अग्नि पिडितलाई सहयोग गरेकाे चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए ।
मुख्य मन्त्री संगको समन्वय गरेर मझाैला टेण्ट ४ थान चाइनिज टेण्ट एक थान कम्बल १२ थान पि फर्म १२ थान तन्ना १२ थान सिरानी ८ थान कपडा,भाडाकुडा खाद्यान्न सहयाेग भएकाे अध्ययक्ष शाहीले बताए ।
चामल २५ किलाेका १० बाेेरा दाल अरर २० केजी, खाने तेल २ पेटीनुन १० केजी खाद्यान्न सहयोग कर्णाली प्रदेश सरकारबाट आगलागी पिडितलाई राहत सामाग्री सहयाेेग भएकाे अध्यक्ष शाहीकाे भनाई छ ।
उपलब्ध राहत सामागी आजै शनिबार सुर्खेतबाट गाडीबाट हुम्ला लगिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्