११ पुष २०८१, बिहिबार

हुम्लामा भुस्या कुकुरकाे बिगबिगी सराेकारवाला निकाय माैन

खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, आषाढ ०७, २०७९

हुम्लामा भुस्या कुकुरकाे बिगबिगी सराेकारवाला निकाय माैन
हु्म्ला-  ०७८ माघ ३ गते सदरमुकाम सिमकाेटकाे रानीवन क्षेत्रमा भुस्या कुकुरले स्थानीयलाई टाेक्न थाले पछि सिमकाेट गाउँपालिका-६ स्थानीय महिला जिल्ला प्रशासन कार्यालयमा डेलिगेशनमा पुगे ।
 जथाभावी छाेडिएका कुकुरहरूले बाटाे हिड्ने मानिसलाई टाेक्न थालेपछि कुकुर व्यवस्थापनकाे माग सहित जिल्ला प्रशासन कार्यालयका तत्कालीन सिडियाे गणेश आर्चायालाई स्थानीय महिलाहरूले  ध्यानाकर्षण गरे ।
सिमकाेट गाउँपालिका-६ कि गाेईलुमा रावतकाे अगुवाइ पुगेका महिलाहरूले तत्कालिन  सिडियाे आर्चायाले आफुलाई कुकुर मार्न अनुमिति नभएकाे प्रतिकृया दिएर स्थानीय महिलालाई फिर्ता गरे ।
 कुकुरलाई व्यवस्थापन पर्न आश्वासन दिएकाे केही पछि ०७८ पुस ३० गते  ७ वर्षिय बालकलाई कुकुरले टाेक्दा शस्त घाईते भएपछि जिल्लामा उपचार हुन नसकेर काठमाडौंकाे त्रिवि शिक्षण अस्पताल उपचार भएकाे परिवार श्राेतले जनाएकाे छ ।
मंगलबार बिहान  जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटाभन्दा बढी कुकुरले टोक्दा उहाँको अवस्था गम्भीर भएकी छन ।
खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा  सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते सश्त घाईते भएकी हुन ।
गाेडमेलमा निस्केकी रावतलाई खेल मैदान कुकुरले टाेकेर घाईते भएकी रावतकाे उद्वार गरेर जिल्ला अस्पताल हुम्लामा उपचारमा लगिएको आफान्त विष्णु रावतले बताए ।
जिल्ला सदरमुकाम सिमकाेटमा भुस्या कुकुरकाे बिगबिगी हुदाँ समेत जिल्ला स्थित सराेकारवाला निकाय माैन देखिएका छन ।
भुस्या कुकुरकाे व्यवस्थापन गर्न नसक्दा सिमकाेट बजार आसपास क्षेत्रमा हिड्ने मानिसहरू असहज भएकाे छ ।
जिल्ला स्थित सराेकारवाला निकाय जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय हुम्ला सिमकाेट गाउँपालिका माैन देखिएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्