१० पुष २०८१, बुधबार

नेपाल सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ

खबरसबैको समाचारदाता आइतबार, आषाढ १२, २०७९

नेपाल सरकारले अन्तर प्रदेशिक सार्वजनिक सवारीको भाडा घटाएको छ । आजैबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।

यातायात व्यवस्था विभागले यात्रु बाहक सवारीको भाडा ५.४१ प्रतिशत घटेको जनाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशत घटाएको छ । त्यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको जानकारी दिएको छ ।

नेपाल आयल निगमले शनिबार पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । अब पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैयाँ कायम गरिएको छ भने डिजेल मट्टितेलमा २९ रुपैयाँ घटाइएको छ ।

 

 

मिति२०७९।०३।१२देखिलागुहुनेसार्वजनिकयात्रुतथामालवाहकसवारीसाधनकोनयाँभाडादरसम्बन्धिअत्यन्तजरूरीसूचना।2022-06-26_11-30-19-243rate of vachel

यहाँ कमेन्ट गर्नुहोस्