१० पुष २०८१, बुधबार

धरानका मेयरको आव्हानमा धरानलाई केन्द्र मोशन पिक्चर्सद्वारा पाइप र डस्टविन सहयोग

खबरसबैकाे समाचारदाता, धरान  आइतबार, आषाढ २६, २०७९

धरानको खानेपानी व्यवस्थापन र स्वच्च र सफा धरान बनाउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)को आह्वान  अनुसार सहयोग आउने क्रम जारी रहेको छ ।

खानेपानी र स्वच्छ धरान बनाउने अभियानमा मेयर साम्पाङलाई केन्द्र मोशन पिक्चर्सको टिमले सहयोग गरेको छ । उनीहरुले  २ लाख ८४ हजार बराबरको १०० मिटर काे १६० एमएमको पाइप र १५ थान डस्बिन हस्तान्तरण गरिएको छ ।

समाजसेवी तथा गीतकार  मीना सिंगकको पहलमा केन्द्र मोशन पिक्चर्सका संचालक केन्द्र लिम्बुको सौजन्यमा  पाइप तथा डष्विन वितरण गरिएको हो । आइतबार  केन्द्र मोशन पिक्चर्सका सिइओ  अरविन लिम्बु  लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष समेत रहनुभएका  मेयर साम्पाङलाई बोर्डको कार्यालयमा  पाइप तथा डस्विन हस्तान्तरण गरेका थिए ।   उक्त पाइप खर्दुखोलाको पानी ल्याउनका लागि प्रयोग गरिने मेयर साम्पाङले बताउनु भयो । खर्दु खोलाबाट खानेपानी ट्याङकीसम्म पानी ल्याउन ४५० मिटर दुरी रहेको छ । अरु ३५० मिटर पाइप व्यवस्थापन गरि चाढै खर्दु खोलाको पानी व्यवस्थापन गरिने उहाँले बताउनु भयो ।

मेयर साम्पाङले खानेपानी व्यवस्थापन तथा धरानलाई व्यवस्थित शहर बनाउन सार्वजनिक रुपमा सहयोगको लागि आव्हान गर्नु भएको थियो ।  उहाँको आव्हान अनुसार सहयोग आउने क्रम जारी रहेको छ । खानेपानी व्यवस्थापनका लागि स्थानीयले श्रमदान पनि गर्दै आउनु भएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्