१० पुष २०८१, बुधबार

प्रेमगन्ज, युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने

खबरसबैको समाचारदाता, काठमाडाैं सोमबार, साउन ०९, २०७९

चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ । अहिलेसम्मको नेपाली चलचित्रको ईतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा पर्दशन त भएका छन्,  तर नेपालीले नेपाली समुदाय नै ब्यतिगत रुपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ ।

तर अब “प्रेमगन्ज“ भने सार्वजनिक रुपमै बिदेशी चलचित्र सरह बिदेशी दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली ईतिइहास मै पहिलो पटक हो । प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगाएत युरोपका ४४ देशमा पर्दर्शन हुने छ ।

चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित लाेख फिल्म इन्टरटेन्टमेन्ट  ले युरोप पर्दर्शन गर्दै छ । जुन जर्मनीको प्रतिन्ठित वितरक कम्पनी हो ।

निर्देशक परिच्छेद सेनका भन्छन्, अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने  यो पहिलो प्रयास हो । अहिले पैसा भन्दा पनि बाटो खोजिरहेको र  यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने कुरा निर्देशक सेनले थपे । र चलचित्रको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको र सबैले नेपालमा पनि फिल्म इन्डट्री छ ? भनेर सोध्नु हुन्छ , यसरी सोध्दा भने दुख लागेको तर एक्प्प्ल टि.भि. गूगल टि.भि, हट्स्टार लगायतका ले चलचित्र हेर्न खोजेको जानकारी दिएका छन् ।

निर्देशक भन्छन्,   यो चलचित्र बाट पैसा कमाउने भन्दा पनि आगामी चलचित्रका लागि बाटो खोजिरहेको र  भाद्र तीन गते राष्ट्रिय , अन्तर्राष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने छ ।

यहाँ कमेन्ट गर्नुहोस्