१० पुष २०८१, बुधबार

वीरेन्द्रनगरका मेयर,उपमेयर स्काउट बाट दीक्षित

खबरसबैको समाचारदाता, सुर्खेत बुधबार, साउन ११, २०७९

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाल स्काउटबाट दीक्षित भएका छन् । नगरपालिकाको हलमा भएको एक औपचारीक कार्यक्रममा नेपाल स्काउट कर्णाली प्रदेश तदर्थ समिति संयोजक कमल बोहराले राष्ट्रिय झण्डा अंकित स्काप लगाइदिएर दिक्षित गरेका छन् ।

सोमबार एक समारोहकाबीच नेपाल स्काउट नियमावली २०७७ अनुसार नगर स्काउट संरक्षका रूपमा प्रमुख ढकाल र प्रमुख स्काउट रूपमा उपप्रमुख खनाललाई दीक्षित गरेको हो ।

दीक्षान्त समारोहमा बोल्दै नगर प्रमुख ढकालले वीरेन्द्रनगरका बालबालिकाहरूलाई पढाईसंगै सामाजिकीकरण, राष्ट्र, राष्ट्रियता र नैतिक शिक्षाका कुरा सिकाउन उत्तिकै आवश्यक रहेको भन्दै स्काउटको माध्यमबाट यसलाई सिकाउन सकिने बताउनु भएको छ । साथै उहाँले विद्यालयमा स्काउटका कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाउनुभयो । वीरेन्द्रनगर स्काउट तदर्थ समितिका अध्यक्ष निलकण्ठ गौतमले वीरेन्द्रनगरका विद्यालयमा स्काउटका कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाबाट आवश्यक सहयोगको अपेक्षा गरेको बताएका छन् ।

यस्तै स्काउट कर्णाली प्रदेशका प्रमुख कमल बोहोराले स्वंसेवी एवं अनुशासित नागरिक तयार गर्नका लागि स्काउट शिक्षा आवश्यक रहेको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्