०९ पुष २०८१, मंगलबार

विद्युत अवरुद्ध सँगै निर्वाचनका कामकाजमा समस्या

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, आश्विन २२, २०७९

हुम्ला- प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भाेली आईतवार मनाेनयन दर्ता हुदैँछ । तर हुम्लामा एकसातादेखि विद्युत अवरुद्ध भएपछि आईतवार हुने मनाेनयन दर्ता समस्या हुने देखिएकाे छ ।

विद्युत अवरुद्ध सँगै एकीकत निर्वाचन सुचना व्यवस्थापन प्रणालीमा समस्या हुने हुम्ला जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

विद्युत अवरुद्ध हुदाँ जिल्ला निर्वाचन कार्यालयबाट हुने सम्पुर्ण कामकार्यहरू जेनेरेटरकाे प्रयाेग गरि कार्यालयकाे काम गरेका छाै निमित्त निर्वाचन अधिकारी रानाले बताए ।
असाेज २३ मा घाम लागेन भने एकीकृत निर्वाचन सुचना व्यवस्थापन प्रणालीमा समस्या हुन सक्ने हुम्ला जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी रानाकाे भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्