०८ पुष २०८१, सोमबार

युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि सय थान ठुला त्रिपाल प्रदान

खबरसबैको समाचारदाता, बाँके मंगलबार, आश्विन २५, २०७९

बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि  विपद् व्यवस्थापन समितिमार्फत सय थान ठुला त्रिपाल प्रदान गरेको छ ।

गत बुुधवारदेखि भैरहेको अविरल बर्षाका कारण आएको बाढीबाट बाँके र बर्दियाका हजारौं बासिन्दा प्रभावित भै विस्थापित भएकोले उनिहरुलाई सहज होस भन्ने उदेशयले त्रिपाल उपलब्ध गराईएको प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । त्रिपाल दुइ अलग अलग कार्यक्रम बिच बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी लाए हस्तान्तरण गरिएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बंधु प्रसाद बास्तोलाई क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई क्लबका वित्तिय तथा प्रशासन प्रमुख वेद प्रसाद पंगाली र कार्यक्रम संयोजक महेश नेपालीले हस्तान्तरण गरिएको हो।

आयोजित हस्तान्तरण कार्यक्रममा प्लान नेपालका कार्यक्रम विशेषज्ञ जनक गिरी, क्लबका वित्तिय प्रमुख पंगाली, कार्यक्रम संयोजकहरु गोविन्द लामिछाने र अनुप बर्मा र फिल्ड सुपरभाइजर शंकरसिंह थारु लगायतको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्