खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, आश्विन २५, २०७९
हुम्ला- खराब मौसमका कारण उद्धार हुन नसक्दा, २४ बर्षिय पबित्रा छत्यालको मृत्यु भएको छ।
अत्याधिक रक्तश्रावका कारण हुम्लाकी २४ बर्षिय पबित्रा छत्यालको मृत्यु भएको हो । सर्केगाड गाउँपालिका वडा न ७, पबित्रा छत्याल सुत्केरी ब्याथा संगै अत्यधिक रक्तश्राब को कारण निधन भएको हो । उच्च रक्तश्राव भएपछि स्थानिय स्वास्थ्य चाैकिले राम्रो अस्पतालका लागि रिफर गरेको थियो ।
तर, खराब मौसमको कारण हेलिकप्टर बाट पाँच दिनदेखि उद्धारको प्रयास गर्दा पनि हेलि आउन नसके पछि उद्धार हुननसके हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिनु भयो ।
यहाँ कमेन्ट गर्नुहोस्