खबरसबैको समाचारदाता, हुम्ला बुधबार, आश्विन २६, २०७९
हुम्ला- अविरल वर्षाले घर भत्किँदा गम्भीर घाइते भएका चंखेली र ताजाँकाेट गाउँपालिकाबाट नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएकाे छ ।
चंखेली गाउँपालिका-६ का ४२ वर्षिय देउचे कामी २८ वर्षकी उनकी श्रीमती अवकति कामी र ३ वर्षका छाेरा तपेन्द कामी र ताजाँकाेट गाउँपालिका-५ का ७ वर्षका केशव परियारकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएकाे हाे । घाइते बिरामीहरूलाई सुर्खेत स्थित प्रदेश अस्पालमा पुर्याईएकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझले जानकारी दिए ।
माैसम खराब भएपछि चारदिनपछि मात्रै उद्वार गरिएकाे डिएसपी ओझाले बताए । घटना भएका पिडितहरूका लागि राहत सर्केगाडमा छाेडिएकाे डिएसपी ओझाले बताए ।
प्रमुख जिल्ला अधिकारी सीता परियार जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णाराज ओझा नेपाली सेना,सशस्त्र प्रहरी लगायतकाे विशेष पहलमा घाइतेहरूकाे हेलिकप्टरबाट उद्वार गरिएको छ ।
बाढी घर भत्किदाँ चंखेली गाउँपालिका-६ का ६५ वर्षका तुल्सि कामी ७ वर्षका हाेइजाली कामी,५ वर्षका वसन्त बिक,९ वर्षकी सुस्मिता बिक घटना स्थलमै मृत्यु भएकाे छ ।