खबरसबैको समाचारदाता शनिबार, आश्विन २९, २०७९
बाँके– घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज बाँकेको आयोजनामा खाद्य बस्तु गुणस्तर र लेबलिङ सम्बन्धमा एक दिने बजारमा देखि रहेको समस्या बिषयक अन्तरकृया कार्यकम सम्पन्न भएको छ । खाद्य बस्तु गुणस्तर र लेबलिङ्ग बिषयमा बजारमा देखिरहेको समस्या मध्यनजर गर्दै घरेलु तथा सानाउद्योगले अन्तरकृया कार्यकम सञ्चालन गरेको हो ।
उद्योगिहरु संग कार्यकममा बजारमा देखिने लेबलिङ्ग र गुणस्तरमा देखिने मुख्य समस्या र ब्याज नम्बरको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँकेका प्रमुख अमृत भूषण सुमनले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा थप प्रष्ट पार्दै खाद्य बस्तुको स्वच्छता र गुणस्तर लेवलिङको बारेमा गुणस्तरहिन भएको खण्डमा कारबाही जरिवाना सम्बन्धित पनि उद्योगिहरु लाई प्रष्ट हुने गरि प्रशिक्षण दिनु भएको थियोे ।
उक्त कार्यक्रममा खाद्य बस्तुको स्वच्छता र गुणस्तर लेवलिङको बारेमा गुणस्तरहिन भएको खण्डमा कानुनि रुपमा के कस्ता काम कर्वाही छ्न भन्ने विषयमा अधिवक्ता विश्वजित तिवारीले बताएका थिए । उद्योगहरुलाई यस्ता खालका प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम भएमा अवश्य पनि गुणस्तरीयता कायम हुनेमा उद्योग वाणिज्य संघ नेपालगन्जका महासचिव चिरञ्जीवी वलीले जिकिर गर्नु भएको थियो ।