नरजन तामाङ बुधबार, कार्तिक ०२, २०७९
हुम्ला- अविरल वर्षाले सडक भत्किएपछि कर्णाली करिडोर अन्तरगत सिमकोट, खार्पुनाथ खण्ड अवरुद्ध भएको छ । दुइसाता अघिदेखि अवरुद्ध सडक खण्ड हिल्सा सिमकोट सडक योजनाले नपन्छाउदाँ आवतजावतमा समस्या भएको हो । वर्षाले ठाउँ ठाउँमा सडक भत्किएर आवतजावत समस्या भएको खार्पुनाथ गाउँपालिका १ लालिका बिरबहादुर शाहीले गुनासो गरे । सरोकारवाला निकायले कुनै चासो र चिन्ता नगरेपछि सिमकोट, खार्पुनाथ गाडी चल्न छोडेको शाहीले बताए ।
सडक अवरुद्ध भएपछि मोटरसाइकल समेत आवतजावत गर्न समेत अप्ठ्यारो छ सिमकोट गाउँपालिका(५ का बिमल रावतले बताए । जिल्ला विपद व्यवस्थापन समिति हुम्लाको आपतकालीन बैठकले अवरुद्ध सडक पन्छाउन निर्देशन गरेपनि हिल्सा सिमकोट सडक योजना हुम्लाले कुनै चासो दिएको छैन ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले २३ गते निर्णय गरि हिलसा सिमकोट सडक योजना, पुर्वाधार विकास कार्यालय र सिमकोट गाउँपालिकालाई सडक पन्छाउन भनिएपनि कुनै निकायले चासो देखाएका छैनन् ।
वर्षाले सिमकोट देखि खार्पुनाथ खण्डमा ११ किलोमिटर दुरीमा १२ ठाउँमा पहिरोले सडक भत्किएको छ ।स डक अवरुद्ध सँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ । सडक बन्दले गाडी नचल्दा स्थानीय नागरिक, बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको पाईएको छ ।