०८ पुष २०८१, सोमबार

कुशुम टमटाको हवाई उद्धार

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, कार्तिक ०४, २०७९

सुत्केरी व्यथा लागेको चार दिनसम्मपनि सुत्केरी हुन नसेकेकी अदानचुली–५ कि कुशुम टमटाको हवाई उद्धार गरिएको छ ।

लामो समय बित्दा पनि गाउँमा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलीकोप्टर मार्फत टमटाको हवाई उद्धार गरिएको हो ।

बुधबार श्रीनगर स्वास्थ्य चौकीमा भर्ना गरिएको टमटाको कुनै सुधार नभएको र स्थानीय स्वास्थ्य संस्थामा उपचार संभव नदेखिएपछि प्रदेश अस्पताल सुर्खेत वा अन्य कुनै सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको श्रीनगर स्वास्थ्य चौकीका इन्चार्ज रामशरण थापाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्