०७ पुष २०८१, आइतबार

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएका नाका बन्द हुने

खबरसबैको मंगलबार, कार्तिक २९, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएका नाका बन्द हुने भएका छन्। मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गतेसम्म ३ दिन भारतसँग जोडिएका सीमा बन्द गरिने स्थानीय प्रशासनले जनाएको हो।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टा नाका बन्द हुने पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनका अनुसार भारतसँग जोडिएको पर्साका सबै नाका बन्द रहनेछन्। यसअघि नै स्थानीय प्रशासनले जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको मतदान सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाइसकेको छ।

###नयाँ पत्रिका अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्