१२ पुष २०८१, शुक्रबार

हुम्लामा एक बालक अकस्मात मृत्यु

खबरसबैकाे बुधबार, कार्तिक ३०, २०७९

हुम्ला– अदानचुली गाउँपालिका- ३ का १५ वर्षिय बालककाे मृत्यु भएकाे छ । मंगलबार बिहान १० विद्यालय जानेकममा  अदानचुली गाउँपालिका-३ का प्रशान्त थापाकाे मृत्यु भएकाे हाे ।  सुर्याेदय माध्यमिक विद्यालय कक्षा – ९ अध्ययनरत थापा विद्यालयकाे गेट बाहिर मृत अवस्थामा भेटिएकाे गल्फागाड प्रहरीचाैकीले जनाएको छ ।

बालक र विद्यालयकाे दुरी ३ सय रहेकाे गल्फागाड प्रहरीचाैकीका इन्चार्ज चक्र बहादुर बुढाले बताए । खासै बाहिर चाेट नदेखिएकाे बुढाकाे भनाई छ । मृतक बालककाे स्थानीय संस्कार अनुसार दाहसंस्कार गरिएकाे बुबा पदम थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्