खबरसबैकाे समाचारदाता शनिबार, माघ ०७, २०७९
वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित गरिएको छ ।
सो अवसरमा सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राई समेत सम्मानित भएका छन्।
बिहीबार सुनसरीमा आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरिएको हो ।सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पुगाएको अतुलनीय योगदानको उच्च मुल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको बताइएको छ ।
यस्तै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्री लगायतलाई पनि सम्मान गरिएको थियो ।
चलचित्र विकास बोर्ड सह–आयोजक रहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिले आ–आफ्नो झाकी, भाषीक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद अध्यक्ष पुर्खाजीत राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, सङ्गीत साधाना इटहरीका महासचिव राजु केसी लगायतका ब्याक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रमलाई इक्सा मादेनले सञ्चालन गरेका थिए ।