रबि हमाल, असार मंगलबार, साउन ३०, २०८०
मुगुको सोरू देखि गमगढी जाने क्रममा सोमबार जिप दुर्घटनाका चार जना बिरामीलाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि नेपालगन्ज लगियको छ ।
दुई जनाको घटना स्थलमा दुई जनाको सोमवार राती उपचार गर्दै बाटोमा मृत्यु भएको थियो भने आज बिहान उपचार गर्दै गर्दा सोरु गापा-५का लोकजङ्ग नेपाली को मृत्यु भए पछि बाकी चार जनालाइ आज दिउँसो नेपाली सेनाको हेलिकप्टर बाट उपचारका लागि नेपालगन्ज लगिएको हो ।
खराब मौसमका कारण बिहान हेलिकप्टर सोमवार आउन नसकेपछि अाज उद्धार गरिएको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिएका छ्न् । सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२नम्बरको बोलेरो जिप सोरु गाउँपालिका–७ सीप पहिरो चिप्लेगाडामा दुर्घटना भएको थियो ।
प्रहरी नायव उपरिक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार र सोरु गापा -५का लोकजङ्ग नेपाली सहित पाँच रहेका छन् ,
यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा रहेका छन्।
घाइतेको अवस्था चिन्ताजनक भएपछी जिल्ला प्रशासन , जिल्ला प्रहरी , राजनैतिक दल, पत्रकार, युवा र नागिरक समाजको पहलमा हेलिकप्टर मार्फत उपचारका लागि उद्धार गरिएको छ ।