०६ पुष २०८१, शनिबार

हुम्लाको दार्माका जिप दुर्घटनामा घाइते चारजनाको उद्वार

खबर सबैको समाचारदाता बुधबार, भाद्र ०५, २०८१

दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटनामा गम्भीर घाइते चारजनाको उद्वार गरिएको छ। गम्भीर घाइते भएका चंखेली गाउँपालिका -२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायानाथ नगरपालिका -१३ का रमेश मल्ल, रारा छायानाथ-१ का पृथ्वी राउतलाई सिम्रकि एयरको हेलिकप्टरबाट उद्दार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।

कर्णाली प्रदेश ०२-००१ च ०९२२ बोलेरो जीप दुर्घटनामा ७ जना घाइते भएको मिमि प्रहरीचौकी हुम्लाले जनाएको छ।

चारजना गम्भीर घाइतेलाई उद्दार गरी सुर्खेत लगिएको छ अन्य घाइतेलाई दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमि प्रहरीचौकी हुम्लाका प्रहरी सहायक निरिक्षक बालकृष्ण खडकाले बताए।

घाइतेको उद्दार खर्च चंखेली गाउँपालिकाको विपद् कोषबाट गरिने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्