२० पुष २०८१, शनिबार

सुर्खेत खुल्लामञ्चमा सञ्चालन भएको महायज्ञबाट ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ रुपैंया  संकलन

खबरसबैकाे समाचारदाता, काठमाडाैं आइतबार, पुष १४, २०८१

गत मङ्सिर २१ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भएको महायज्ञबाट ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ रुपैंया  संकलन भएको छ । श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका अनुसार महायज्ञबाट सो रकम मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणमा लगानी गरिने समितिले जनाएको छ ।

मुल आयोजक समितिका अनुसार महायज्ञमा ५० लाख ७४ हजार ८७ रुपैंया खर्च भएको छ । सहयोग प्राप्त र खर्च रकम जोड्दा नौ करोड २६ लाख बढि रकम समितिलाई मुनाफा भएको हो । सो सबै रकम आश्रम निर्माणमा लगानी गरिने समितिका कोषाध्यक्ष टिकाराम चपाईले बताए ।

उनका अनुसार दान प्राप्त रकम अन्तर्गत तीन करोड ६८ लाख ८२ हजार पाँच सय ८७ रुपैंया सहयोग आएको छ । जसमा नगद, क्यू आर तथा आमलाइन माध्यमबाट र चेकबाट सो रकम प्राप्त भएको छ।

यस्तै प्रतिबद्धता रकम अन्तर्गत संस्थागत र व्यक्तिगत प्रतिबद्धता अनुसार पाँच करोड ६१ लख ९५ हजार ६ सय १४ रुपैंया सहयोग प्राप्त हुने भएको छ । त्यस्तै ४२ लाख ७४ हजार आठ सय ८२ रुपैंया कलशबाट प्राप्त भएको समितिले जानकारी दिएको छ । दानपेटिकामा तीन लाख २६ हजार चार सय ५५ रुपैंया दान प्राप्त भएको थियो । भने किताबबाट १३ हजार तीन सय पाँच रुपैंया प्राप्त भएको छ ।

समितिको आय व्यय प्रतिवेदन अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा मानव सेवा आश्रमको भवन निर्माण प्रयोजनको लागी एक करोड विनियोजन गरेको उल्लेख छ । भने दान प्राप्त रकम मध्य ५१ हजार रुपैंया मानव सेवा आश्रमको अक्षय कोषको लागि प्राप्त भएको समितिले जनाएको छ ।

महायज्ञ मुल समारोह समितिका संयोजक डाक्टर नवराज केसीका अनुसार, महायज्ञ आयोजनको मुख्य उद्देश्य सामाजिक समृद्धि र एकता ल्याउनु रहेको बताउदै धार्मिक र सांस्कृतिक मूल्यमान्यतालाई सशक्त बनाउँदै समाजमा शान्ति र समृद्धि फैलाउने उद्देश्य सफल भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्