२९ फाल्गुण २०८१, बिहिबार

हुम्लाको रोडिकोटमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ जना घाइते

खबरसबैको समाचारदाता बुधबार, फाल्गुण २८, २०८१

२८ फागुन, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

घर पोत्न माटो खन्ने क्रममा ढस्किो खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको छ ।
रेाडिकोटका स्थानियबासिले नेत्रकलाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन्।
सर्केगाड गाउँपालिका–७ का तिर्थिकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्