Khabarsabaiko मंगलबार, पुष २४, २०७५
राज शाही
हुम्ला २४ पौष
जिल्लाका सार्वजनिक तथा निजी खुला ठाउँमा भौतिक संरचना वन्ने क्रम तीव्र हुदै गएको छ । भुकम्प लगायत विपतिमा सर्वसाधारणले ज्यान जोगाउन निस्कनुपर्ने ठाउँ मासिदा पनि स्थानिय जनप्रतिनिधि लगाएत सरोकारवालाले चासो देखाएको पाइएको छैन । आम मानिसका लागि ठुलै विपति नआएसम्म खासै चासो नहुने हुदा स्थानियमा जनचेतना आउन अझै समय लाग्ने देखिएको छ ।
खुला ठाउँ मासेर भौतिक संरचना निर्माण गर्ने कामको वचाउ गर्नु पर्ने देखिएको छ । श्वास प्रश्वासका लागि पनि खुला क्षेत्र अति आवश्यक हुने वताइएको छ । सदरमुकाम सिमकोटमा जति पनि आवास बनाइएका छन् ती सवै ठाउँमा विपत पर्दा वा घाम ताप्ने खुला चौर, बाटोको व्यवस्था नभएको पाइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्