०६ पुष २०८१, शनिबार

पहिलो पटक जुम्लामा अक्सिजन उत्पादन

Khabarsabaiko मंगलबार, माघ १५, २०७५

खबरसबैको डटकम संवादाता माघ १५ गते जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाान पहिलो पटक अक्सिजन उत्पादन गरेको छ । जटील विरामी लाई सुर्खेत,नेपालगञ्ज र काठमाडौँ पठाइनुपर्ने अवस्था अन्त्य भएको छ। प्रतिष्ठानले आफनै कारखाना बाटै आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरको जुम्ला बाट नेपाल पत्रकार महाँसघ केन्द्रिय सदस्य पूर्णप्रसाद चौलागाईले बताए ।अब जुम्लामा अक्सिजनको अभा नहुने र विरामी लाई अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको केन्द्रिय सदस्य चौलागाईले बताउनु भयो ।कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो । अब देखि दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक पर्ने भएकोले सहज हुने भएको छ ।
प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा यस अघि ल्याइसकेको छ। अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले करिब २ करोड २३ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी आइतबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको जानकारी दिनुभयो ।
३०० शय्याको प्रतिष्ठानअन्तर्गतको जुम्ला अस्पताललाई आवश्यक पर्ने र माग भइआएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ। अहिले अस्पतालमा दैनिक १०/१२ सिलिण्डर अक्सिजन खपत हुन्छ। एक सिलिण्डरमा १२० लिटर अक्सिजन हुन्छ। ’हाम्रो प्लान्टको उत्पादन क्षमता ८० सिलिण्डरसम्म क्षातन भएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी गराउनु भयो ।
विशेषगरी चिसोको समयमा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुन्छ। कर्णालीका अधिकाँस जिल्लामा फोक्सो, छाती तथा दमका रोगी विरामीका बढि देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्