Khabarsabaiko बुधबार, माघ १६, २०७५
रुद्ध बहादुर शाही
हुम्ला माघ १६
हुम्लाका उच्च भू–भागमा एकहप्ता देखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने स्थानीयबासिन्दा विदेशी पर्यटकको यतिखेर आकर्षीत बनाएको छ ।
नेपालकै उच्च भू–भागमा रहेको सिमकोट विमानस्थल यति खेर रनवेइ आसपास सबै सेतेम्मै देखिएको छ । विचमा समथर भू–भागमा रहेको सिमकोट विमानस्थलमा दैनिक दिन ५÷१० निजी विमान उडान भर्ने गरेको सिमकोट विमानस्थल श्रोतले बताएको छ । पर्यटकीय क्षेत्र भएको हुम्लामा भगवान शिवजीको बासस्थान खार्पुनाथ मन्दिर,पाँच पाण्डपले होम गरेको मानसरवर ताल बाट बगेको हुम्ला कर्णालीको दोभान, बौद्धधर्मलम्बीको रलिङ्ग गुम्बा, उच्च शैपाल र च्याँङ्गला हिमालका हिमश्रृखला, १२१३ सालको पुरानो हल्जी गुम्बा ,लिमी भ्याली लगायत उच्च भु–भागमा बाक्लो हिमपात भएको छ ।
हिमपात पछि सदरमुकाम सिमकोटमा हिउँ खेल्नकै लागि दैनिक दिनमा आन्तरिक तथा बाह्य पर्यटक हिउ खेल्ने गरेका छन । हुम्लामा आउने अधिकांश पर्यटकको चारैतिर हिमश्रृखला विचमा समथर सिमकोट विमानस्थ,उतरी नाम्खा गाउँपालिकाको लिमी भ्याली, च्याँङ्गला हिमाल,कैलाश मानसवर दर्शन लाई पहिलो रोजाईमा पारेको हुन्छ। गत बर्षमा मात्रै स्वदेशी विदेशी पर्यटक मात्रै ६४ लाखा भन्दा बढि राजश्व रकम उठाउन सफल भएको सिमकोट गाउँपालिका वडां ३का अध्यक्ष ताक्लाजिक्केत लामाले बताए ।
पर्यटक प्रायःलिमी भ्यालीका रमणिय दृश्य हेर्न जाने र हिन्दुधर्म तथा बौद्धधर्मलम्बीहरुको धरोहोरकोरुपमा रहेको कैलाश मानसरवर दर्शन गरेमा पवित्र पुण्य मिल्छ भन्ने धार्मिकरुपमा विश्वास लिएको पाइन्छ । हुम्ला लाई धार्मिक पर्यटकीय तथा प्राकृतिकरुपमा पर्यटकीय रुपमा हुम्ला लाई लगानी गर्ने हो भने ५० हजार जनसंख्या लाई पाल्न सक्ने पर्यटकीय क्षेत्र भएको सिमकोट गाउँपालिका वडानं २का अध्यक्ष नर बहादुर भण्डारी (युगान्त)ले बताए । अहिले सिमकोटमा मात्रै दुई दर्जन भन्दा बढि व्यबस्थित होटल छन ।जहाँ २ हजार पर्यटक लाई राख्न सकिने होटल सञ्चालनमा आएका छन । भारि हिमपात भए पनि भित्र भने. न्यानो तातो हुन्छ। अन्य ठाउँ भन्दा हुम्लामा चिसो भित्रै खान बस्नको राम्रो व्यबस्था छ । सहजरुपमा प्राकृतिक लाई निहाल्न सकिन्छ । केही दिनदेखि लगातार परेको हिमपातसँगै सिमकोट बजारमा आसपासका उच्च भु–भागमा तीन फिटभन्दा बढी हिँउ जमेको छ ।
हुम्लाका अधिकाँस चैत बैशाख महिना सम्म हिमपात हुने गर्छ । पछिल्लो समयमा हिमपातसँगै स्थमनीय बासिन्दा समेत पनि हिउँ खेल्नको संख्या बढेको छ।