०६ पुष २०८१, शनिबार

फेरुवा बिच्छ्याएर सडक सुच्चारु

Khabarsabaiko मंगलबार, माघ २२, २०७५

दाने बोहरा सिमकोट

हुम्ला माघ २२ गते
हुम्लाको सदरमुकाम सिमकोटमा भारि हिंपातले पछि अवरुद्ध भएको सडक फेरुवा बिच्छ्याएर सुच्चारुपमा आएको छ । सिमकोट आसपासका वडामा रहेका स्थान सम्म पुन् ११ किलोमिटर कच्ची सडक निमार्ण भएको छ । कच्ची सडकमै हिंउ र बफर जमेर अवरुद्ध बने पछि फेरुवा बिच्छ्याएर भए पनि सडक सञ्चालनमा ल्याइएको खार्पुनाथ यातायात प्रा।लि।का अध्यक्ष सरोज रावतले बताए। हुम्लामा घरेलु कार्पेटको रुपमा प्रयोग गर्दै आएको फेरुवा÷लिउ बिच्छ्याएर सडक सुच्चारुप भएको छ । यातायातको साधन नहुँदा गाउँबाट सदरमुकाममा बिरामी ओसार्न र अत्यावश्यक काममा जान समेत समस्या भएपछि फेरुवा बिछ्याएरै भएपनि गाडी सूचारु गरेको खार्पुनाथ यातायात प्रा।लि।का अध्यक्ष रावतले बताए ।
लगातार परेको हिमपातले सदरमुकाम सिमकोटमा जमेको तिन फिट हिउँले गाडी गुड्न समेत निकै समस्या बनाएकोले गाउँ बाट आवतजावतमा समस्या बनाएको छ । सिमकोटको बाटोमा हामीले फेरुवा बिछ्याएर गाडी गुडाउन सफल भयौ भने सिमकोट नजिकै स्याम्ने सम्मको बाटोमा भएको हिउँ र बरफ पञ्छाउदैं गाडी गुडाएको खार्पुनाथ यातायात प्रा।लि।का हुम्लाका सञ्चालक लोकजंग शाहीले बताए ।
सिमकोट खार्पु खडक खण्डमा गाडी गुडेपछि गाउँदेखि आफूलाई आवतजावत गर्न र बिरामीलाई जिल्ला अस्पताल ल्याउन समेत निकै सहज भएको खार्पुनाथ गाउँपालिका ४का नल्नाका नवराज भण्डारीले बताए । राष्ट्रिय सडक सञ्जाले नछोएको जिल्ला हुम्लामा सदरमुकाम सिमकोट र उतरी तिब्तत ताक्लाकोटमा रहेको हिल्सा सिमकोट सडक खण्डको ट्रयाक खुले पछि आन्तरिक कच्चीसडकमा गाडी गुडीरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्