Khabarsabaiko शनिबार, चैत्र १६, २०७५
दाने बोहरा
हुम्लाको सदरमुकाम सिमकोटमा संचार सेवा अवरुद्ध हुदा शनिवारेदेखी सम्पर्क विहीन भएको छ । मोबाईल, लाईनसेट इन्टरनेट सेवा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । संचार सेवामा जिल्लाकै प्रमुख माध्यमको रुपमा रहेको नेपाल टेलिकमको सम्पूर्ण सेवाहरु शनिबार विहान ८ बजे बाट अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन।
नेपाल टेलिकमद्धारा प्रवाह गरिने लाईन, प्रिपेट, पोस्पेट, जिएसएम, एडिएसएल, वाइम्याक्स लगायतका सेवा संचालन गर्दै आएको नेपाल टेलिकम शाखा हुम्लाले रिपीटरटावरमा खराबी आएको हुन सक्ने आशंका गरेकाे छ । नेपाल टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अवरोध हुँदा सरकारी तथा गैर सरकारी कार्यालयमा बढेको कामको चटारोमा समेत थप प्रभाव पारेको छ ।
जिल्लामा उपलब्ध हुने इन्टरनेट सेवा एडिएसएल सेवा बन्द हुँदा विशेष गरी वित्तीय संस्थाहरू, बैंकिङ्ग सेवा बढी मारमा परेका छन् । नेपाल टेलिकम शाखा कार्यालयले जिल्लामा रहेको टेलिकम टावरमा खरावी के कारणले आएको कार्यलयमै कर्मचारी नभएकै कारणले बुझन नसएिको सेवाग्राहीले बताएका छन ।
हुम्लाको सदरमुकामा सिमकोटकोलेकमा रहेको रिपिटर टावरमा खराबी आएको हुन सक्ने नेपाल टेलिकम क्षेत्री कार्यलय नेपालगन्जका इन्जिनीयर शुसिम पोखेरले बताउनु भयो । उहाँका अनुसार सिमकोटमा रहेको नेपाली टेलिकम शाखा संग सम्पर्क नभएकोले मर्मत पछि संचार सेवा खुल्ने बताउनु भयो ।
सेवाग्राही भने फोन तथा इन्टरनेट सेवा सुचारुको लागि नेपाल टेलिकम तथा स्थानीय प्रशासन संग समन्वय गरेपनि कुनै पहल नभएको भन्दै गुनासो ब्यक्त गरेका छन् ।