११ पुष २०८१, बिहिबार

विद्युत विग्रिदा ३ वर्ष देखि दियालाे(झराे) बाल्दै

Khabarsabaiko बिहिबार, चैत्र २१, २०७५

राज शाही

हुम्ला २१ चैत

सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाकाे गार घट्ट स्थित विधुत विग्रेको ३ वर्ष हुँदा पनि मर्मत भएकाे छैन । विद्युत मर्मत नहुदा सिमकोट गाउँपालिका वडा नं ८ स्याडा करिव २ सय घरधुरी विद्युत सेवा बाट बञ्चित भएका छन्।

गारघट्ट विधुत पावरहाउसमा समस्या अार्इ  २०७३ सालमा विग्रेको विधुतको मर्मत नहुँदा गाउँका स्थानियवासी  दियालोको(झराे) भरमा बस्नु परेको स्थानियवासी अमिन बुढाले जानकारी गराएका छन् ।

वुढाका अनुसार २ सय घरधुरी सल्लोको दियालो प्रयोग गर्दा एक तर्फ वन जंगल सखाफ भइ रहेको र अर्को तर्फ उक्त दियालो बाट निक्लने धुवाले दम रुघा खोकी स्वास प्रश्वास विरामीको संख्या वढ्दै गएको बताएका छन् ।

सो विग्रेको पावर हउसको मेसिनरि सामानको लागी सोही वडाले ६ लाख बजेट छुट्याय पनि उक्त रकमले नपुग्ने भएपछि यक्त वजेट नचार्इ त्यतिकै राखेको पनि वुढाले बताएका छन् ।

विज्ञ प्राविधिक नहुदा उक्त पावर हाउसको कुन मेसिन विग्रेको हो भन्ने पनि पत्ता नलागेको वुढाले बताएका छन् । २ सय घर धुरि रहेको उक्त गाउँमा हिल्दुम विधुत वितरण केन्द्र वितरित विधुत लाइनको विस्तार गर्नका लागि विधुतका पोलहरु गाडि लाइन तान्ने कार्य भए पनि विधुत प्रासरण नगरेको वुढाले बताएका छन् । विधुत नहुदा त्यसको मुख्य असर विधार्थी स्थानियवासीलाई परेको वुढाले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्