०९ पुष २०८१, मंगलबार

चार दिन देखि हराएका ईन्जीनिएर रावत भेटिए

Khabarsabaiko बुधबार, साउन ०१, २०७६

चार दिन हराएका ईन्जिनअर बशन्त रावत भेटाएका छन । अदचुली गाउँपालिका ५को मेलचौर भन्ने स्थानमा सकुशल भेटिएका छन ।
खोजीमा जानु भएका सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतका अनुसार मेलचौरमा रहेको ओढारमा बसिररहेको अबस्थामा भेटिएको र उपचारको लागि श्रीनगर स्वाथ्य चौकीमा उपचार लागि त्यस तर्फ गएको बतताउनु भयो कामको लागि खाद्ययन्न कार्यक्रम( RCIW )का लागि फिल्डमा खटिनु भएका ईन्जिनिअर बशन्त रावत आईतबार विहान श्रीनगर बाट हराएका हुन । ईन्जिनअर रावत डिप्रेशन हुन सक्ने स्वाथ्य कर्मि लाई उद्धित गर्दे उपाध्यक्ष रावतले बताए ।
विहान चिया खाएर घर बाट बाहिर निस्कीएका रावत वेलुकी सम्म आफ्नो बस्ने कोठा नआए पछि अहिले अदनचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा, सिमकोट गाउँपलिका उपाध्यक्ष वली रावत ,प्रहरी चौकी,जनप्रतिनिधी,र स्थानीय बास्न्दिा लगायतले व्यापक खोजी कार्य गरिरहेको वेला मेलाचौरमा रहेको ओढारमा भेटिएको कृष्ण फडेराले बताउनु भयो ।
एकासी आफनो बस्ने कोठा बाट निस्कीएका रावत ३ दिन सम्म सम्पर्कमा नआए पछि आज अपरान्ह १२ बजे भेटाएका ईन्जिनएर बशन्त रावतका दाई ज्ञानेन्द्र रावतले बताउनु भयो ।
रावत सिमकोट गाउँपालिका वडान ६ निवासी जिल्ला समन्वय समितिका हुम्लाका प्रमुख दान बहादुर रावतका माहिला छोरा हुन् । रावत भेटीए पछि स्वाथ्य चौकीमा समान्य उपचार गराएर आजै सदरमुकाम सिमकोटमै फर्कने तयारी गरेको खबर प्राप्त भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्