१० पुष २०८१, बुधबार

बोनम्यारो पिडीत पत्रकार शर्मालाई हुम्लाबाट ८४ हजार सात सय सहयोग जुटयो

Khabarsabaiko मंगलबार, साउन २८, २०७६

हुम्ला
तीन महिना देखि बोनम्यारोबाट थलिएका पत्रकार दिल प्रसाद शर्माको उपचारका लागि हुम्ला बाट ८४ हजार ७ सय रुपैयाँ सहयोग जुट्ेको छ ।

आर्थिक अभावले उपचारमा ढिलाइ भएपछि नेपाल पत्रकार महासंघ हुम्ला शाँखाको पत्रकार शर्मा बचाउँ अभियान अन्र्तगत सिमकोट बजारमा व्यवसाय गर्दै आएका पसल होटल, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख, स्थानीय वासिन्दा सर्वसाधरणबाट आईतबार संचालन गरेको अधियानबाट ८४ हजार ७ सय रुपैयाँ सहयोग जुट्ेको सार्वजनिक सोमबार गरिएको छ ।

हुम्ला शाँखाले ८४ हजार ७ सय रुपैयाँ विरामी पत्रकार दिल प्रसाद शर्माको सेन्चुरी बैंक सुर्खेत शाखामा ०८८००००५१८ नम्बरको खातामा पठाउने भएको छ । नेपाल पत्रकार महासंघ शाखा हुम्लाका अध्यक्ष अर्जुन बोहराले विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट आर्थिक सहयोग जुट्न थालेको बताए । विरामी दिल प्रसाद शर्मा बचाउँ अभियानमा उठेको रकम लाई सोमबार सदरमुकाम सिमकोटमा रहेको टिब्बतीयन होटलमा एक कार्यक्रमका विच सार्वजनिक गरेको हो ।

दिल प्रसाद शर्मा बचाउँ बाट उठेको रकम सार्वजनिक कार्यक्रमा बोल्ने क्रममा पत्रकार राष्ट्रको चौथो अंग भएकाल समाज सेवामा सधै लाग्ने भएकोले संगै हिडेर सहकार्य गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी विनिता भटटराईले बताउनुभयो । उहाँले भन्नु भयो पत्रकारीतामा सधैभरी सत्तापक्ष र प्रतिपक्षकै भुमिका जस्तो देखियता पनि पत्रकारले राज्यको विकासमा सहयोग पुराएको बताउनु भयो ।

पत्रकार ते्रस्रो आँखा भएकोले राज्यको सधै विपक्षमा रहेर भएका नभएका कामहरु लाई बाहिर ल्याउने क्रममा विरामी भएका पत्रकार शर्माको स्वाथ्य लाभको कामना गर्दे नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताउनु भयो ।

राज्य लाई सहि मार्गमा लिने पत्रकाहरु आफै विरामी भएकोले दिल प्रसाद शर्माको स्वाथ्य उपचारको लागि आर्थिक अभावकै कारणले अभियान ल्याएको यस लाई निरन्तरता दिनु पर्ने नेकपा जिल्ला कमिटी सदस्य कमल बोहराले बताउनु भयो ।

पत्रकार शर्मा लाई नेपाल पत्रकार महासंघ जिल्ला कमीटी सदस्य, जिल्ला स्थीत कृयाशिल पत्रकारहरुले पनि व्यक्तीगतरुपमा सहयोग गरेको नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष मिमसिह नेपालीले बताउनु भयो ।

२३ वर्षीय शर्माको भारतको अहमदावाद अस्पतालमा उपचार गर्न आर्थिक अभााव भए पछि अहिले काठमाण्डौमा उपचार भईरहेको विरामी शर्माका आफन्तले बताएका छन । चिकित्सकले रु १० लाख आवश्यक पर्ने बताएपछि आर्थिक अभावकै कारण बोनम्यारो प्रत्यारोपण हुन सकेको छैन । अहिले कर्णालीकै १० वटा जिल्ला मध्ये आर्थिक सहयोग संकलनमा हुम्ला जिल्ला पहिलो देखिएको समेत पत्रकार महासंघ हुम्ला शाखाका उपाध्यक्ष नेपालीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्