११ पुष २०८१, बिहिबार

दुर्घटनाबाट जोगियो सीता एयर

Khabarsabaiko बुधबार, भाद्र १८, २०७६

सोलुखुम्बु 

लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन उडेको तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको ‘नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ ।

विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिए । सो जहाजमा चालक दलका तीनजना मात्रै सवार थिए ।

काठमाडौँबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कँदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण लुक्लाका प्रमुख अधिकारीका अनुसार उडिसकेपछि इञ्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो । जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ । क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्