Khabarsabaiko बिहिबार, आश्विन १६, २०७६
हुम्ला
दशैंको मुखमा दुइवटा डिपो र तीनवटा विक्रि केन्द्रमा चामलको अभाव भएको छ । स्थल मार्गभएर आउनु पर्ने विक्रि केन्द्र र डिपोमा चामल नहुँदा यो वर्षको दशैंमा जिल्लाका पाँच वटा गाउँपालिकाका नागरीकलाई दशैं खल्लो हुनेभएको छ ।
जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली विक्रि केन्द्र, छप्रेला विक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा नयाँ विक्री केन्द्र स्थापना गरिएता पनि यि पाँचवटै गाउँपालिकामा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जानकाएको छ ।
यस आर्थिक वर्षमा नेपाल खाद्य संस्थानले टेन्डर प्रकृया ढिलो गरेरका कारण जिल्लाको दक्षिण क्षेत्रमा रहेका पाँचवटा गाउँपालिकामा चामल नपुगेको नेपाल खाद्य संस्थान शाखाका प्रमुख राम बहादुर विष्टले स्वीकार गरेका छन ।
नेपालीहरुको महान पर्व दशैंमा चामल नपुगेता पनि तिहार सम्ममा चामल पुर्याउने लक्ष लिएको उहाँले जानकारी दिनुभयो ।
अषाढको अन्तिम साताबाट दक्षिण क्षेत्रमा रहेका दुईवटा डिपो र तीनवटा विक्री केन्द्रमा चामल नहुँदा डिपो र विक्री केन्द खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए ।
स्थानीय सरकारले स्थलमार्गबाट चामल ढुवानी गर्ने भनिएता पनि नेपाल खाद्य संस्थानले टेन्डर प्रक्रिया ढिलो गर्दा यो दशैंमा चाम नपुगेको उहाँले बताए ।
इो वर्ष यो वर्ष चाम नपुग्दा दशैं पाि खल्लो हुने निश्चित रहेको स्थानीय भक्तराज ऐडीले गुनासो गरे ।
अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भएता पनि चामल नहुँदा त्यहाँका स्थानीयले यो वर्षको दशै भातविनाको मनाउने भएका छन ।
दशै सम्म चामल पुग्छ भनेर कर्मचारी तयारी अबस्था रहेता पनि चामल नपुग्ने निश्चित भएपछि दुईवटा डिपोका कर्मचारी पनि दशैं मनाउन घरगएका छन ।
ठेक्का प्रकृया केही ढिलाई भएकाले ठेक्का प्रकृया पुरा भई ठेकदारहरुले असोज ८ गते सम्झौता गरी तिहार सम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको संस्थानका विष्टले बताए ।
खाद्य संस्थानले टेन्डर प्रकृया ढिलो भएको भन्दै दशैमा चामल पु¥याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिनु भयो । असोज ८ गते सम्म सम्झौता गर्ने अन्तीम समय भएता पनि अन्य प्रकृया बाँकी रहेकाले दशैमा चामल पुगाउन नसकीने बताए । उहाँका अनुसार यस वर्षको टेन्डर प्रकृया नै ढिला भएकाले कसैले पनि यो दशैमा चामल पुगाउन नसकीने बताउँदै सिमकोटमा पुगाएको चामल अघिल्लो वर्षको हुँन सक्ने बताए ।
सिमकोटमा १६ सय कुइन्टल मौजात, याल्वाङ्गमा १५ सय कुइन्टल चामल बाँडियो
सधै दशैंमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा यो वर्ष खाद्ययन्न मौजात प्रसस्त रहेको छ । काठमाण्डौ केरुङ्ग हुदै सिमकोट पुगेको ६ सय खाद्ययन्न र कर्मचारी स्थानीयलाई वितरण गरी बाँकी रहेको एक हजार कुइन्टल चामल गरी १६ सय कुइन्टल चाम मौजात रहेको नेपाल खाद्यय संस्थानका विष्टले बताए ।
गएको वर्ष नेपाल खाद्यय संस्थान शाखा हुम्लाले एक घरधुरीलाई तीन केजीका दरले चामल वितरण गरेको थियो । त्यसै अनुरुप विभिन्न निकायको सकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्यय संस्थानको गोदाममा १६ सय कुइन्टल चामल चामल स्टोक रहेको संस्थान प्रमुख विष्टले बताए ।
उता केरुङ्ग नाका हुँदै सिमकोट आउँदै गरेको चार हजार कुईन्टल चामल मध्य, ६ सय कुईन्टल चामल संस्थान शाखामा भित्रीएको छ भने बाँकी रहेको चौतीस सय कुइन्टल चामल सल्लीखोलामा रहेको चौकीदार अखिल रोकायाले बताएका छन ।
केरुङ्ग हुँदै गाडी मार्फत याल्वाङ्गमा पुगेको १५ सय कुइन्टल चामल याल्वाङ्ग विmत्री केन्द्रमा वितरण गरिसकेको सुब्बा पोखरेलले जानकारी दिए ।
सिमकोट खाद्यय संस्थानको लागी गाडीबाट हिल्सा हुँदै सल्ली खोला पुगेको चामल वर्षातले सडक ठाउँ ठाउँमा भत्केका कारण ढुवानी गर्न रोकिएको ठेकेदार धुब्र शाहीले बताए ।